सामाखुशी चोकको पेट्रोल पम्पमा भिषण आगलागी
सामाखुशी चोकबाट टोखा जाने टोखा रोडमा रहेको जोगिनी इन्टरप्राइजेजको पेट्रोल पम्पको हातामा आगलागी भएको छ । आज बेलुकी पम्पसँगै पसल रहेको टहरामा आगो लागेको हो ।
पम्पका मालिक पुरुषोत्तम मानन्धरका ती पसलमा लागेको आगो एक घण्टापछि भर्खरै नियन्त्रणमा आएको छ । तत्काल दमकल, सेना, प्रहरी र स्थानीय पुगेकाले पम्प जोगिएको हो ।
आगलागीको खबर पाएलगत्तै सेनाको १ नम्बर बाहिनीका सुरेन्द्र थामको कमाण्डमा ३५ जनाको टोली, सशस्त्र प्रहरी बलको २४ नम्बर गुल्म कान्तिपथबाट सशस्त्र प्रहरी…