मरेका बिरामीको सुन त बाँकी राखेनन् सुरक्षा गार्डले
चितवनस्थित एक अस्पतालबाट एउटा शवको हातमा रहेको सुनको गहना चोरी भएको छ । आइतबार साँझ स्थानीय केराबारीमा भएको सडक दुर्घटनामा निधन भएका मोटरसाइकल चालकको हातमा लगाइएको सुनको ब्रासलेट एकाएक चोरी भएको थियो ।
नारायणगढ मुग्लिङ सडकको उक्त खण्डमा ना. ५६ ख ३३१२ नम्बरको ट्रकले बागमती प्रदेश ०३–००३ प ६५७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तनहुँको भानु नगरपालिका २ घर भई हाल भरतपुर १ बस्ने ३७ वर्षका सञ्जीवबहादुर रायमाझी घाइते भएपछि उपचारार्थ अस्पताल लगिएको थियो ।
भरत…