युवराज खतिवडामाथि राष्ट्र बैंकका कर्मचारी आक्रोशित,भन्छन्- ‘नालायक’
भूतपूर्व अर्थमन्त्री,अमेरिकाका लागि पूर्वराजदूत,नेपाल राष्ट्र बैंकका भूतपूर्व गभर्नर र योजना आयोगका भूतपूर्व उपाध्यक्ष डा. युवराज खतिवडामाथि नेपाल राष्ट्र बैंकका भूतपूर्व कर्मचारीहरुले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् । उनले आज बैंक तथा वित्तीय संस्था परिसंघको वार्षिक साधारण सभामा व्यक्त गरेका धारणामाथि आक्रोश पोखिएको हो ।
सबैजसो सकारात्मक कार्य आफू अर्थमन्त्री र गभर्नर हुँदा भएको उनको दाबी छ । उनले आफ्नो लगानी रहेको जनता बैंकलाई लाइसेन्स दिएको,ग्राण्ड बैंकलाई मर्ज ग…