समाचार

काँग्रेस प्रमुख सचेतकमा रमेश लेखक मनोनीत

नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले रमेश लेखकलाई प्रमुख सचेतक मनोनीत गरेका छन् । देउवाले संसदीय दलको विधानको धारा १३ (१) अनुसार लेखकलाई प्रमुख सचेतकमा मनोनीत गरेका हुन् । देउवाका विश्वास पात्रको रुपमा परिचित लेखक कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् । काँग्रेसले अझै दलको उपनेता र सचेतक भने मनोनयन गर्न बाँकी छ ।

Page 1853 of 2008