‘र’ का नेपाल प्रमुखले बोकेर ल्याउने कोशेलीको व्यग्र प्रतिक्षा
भारतीय खुफिया एजेन्सी ‘र’ का नेपाल प्रमुख आज काठमाडौं फर्कने कार्यक्रम छ । नेपाल स्टेशन प्रमुख राघवकुमार भट्नागर गत साता नेपालमा उत्पन्न अप्रत्यासित राजनीतिक विकासक्रमपछि रिपोर्टिङका लागि नयाँ दिल्ली गएका थिए ।
‘र’ को चिफले रिपोर्टिङ गरेर फर्केपछि आउने प्रतिक्रियाको निम्ति विशेषगरी नेपाली काँग्रेसका एकथरि र अमरेशकुमार सिंहजस्ता तराईका केही सांसद र नेता व्यग्र प्रतिक्षामा देखिएका छन् । गत साता फेरिएको राजनीतिक समीकरणलाई नयाँ ढंगले अघि बढाउन…