राजावादी बैठकमा नेताको घर घेर्नेदेखि धर्मयुद्ध घोषणा गर्नेसम्मको कुरा
‘राजसंस्था पुर्नस्थापनाको लागि संयुक्त जनआन्दोलन समिति’ को बैठकमा प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको घर घेराउ गर्ने कुरा उठेको छ ।
सरकारले काठमाडौँ उपत्यकाका अधिकांश ठाउँमा निषेधित क्षेत्र घोषणा गरेपछि दोस्रो चरणको आन्दोलनका कार्यक्रम र रणनीति तय गर्न सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा भेला भएका राजावादीहरुले अब नेताहरुको घर घेर्न पर्ने मत राखेका हुन् ।
समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्…