देश अप्ठेरोमा परेको वामदेवको दाबी
राष्ट्रिय सभा सदस्य तथा वामपन्थी नेता वामदेव गौतमले देशलाई तत्काल समाजवाद घोषणा गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय सभाको आजको बैठकमा उनले अहिलेको राजनीतिक परिवर्तनका संवाहक शक्ति कांग्रेस र कम्युनिष्ट मिलेर समाजवाद ल्याउनुपर्ने बताएका हुन् । दश वर्षअघि जारी भएको संविधानले देशलाई समाजवादमा लैजाने भने पनि दलहरुले केही पनि गर्न नसकेका कारण समस्या निम्तिएको वामदेवको ठहर छ ।
‘यो व्यवस्था ल्याउने नेपाली काँग्रेस र कम्युनिष्ट नै हुन् एकतावद्ध भएर समाजवाद…