अन्तर्राष्ट्रिय मान्यताको पर्खाइमा नमूना प्रयोगशाला
सबै किसिमका स्वास्थ्य परीक्षण सेवालाई छिटोछरितो, सस्तो र प्रभावकारी बनाएपछि मोरङको विराटनगरस्थित कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशाला सर्वसाधारणमाझ प्रख्यात बनेको छ । सरकारी सेवा विश्वासिलो हुँदैन भन्ने मान्यतालाई गलत साबित गर्दै उक्त प्रयोगशाला अन्तर्राष्ट्रिय मान्यता प्राप्तिका लागि प्रतिक्षा गरिरहेको छ ।
कोशी प्रदेश सरकारले स्थापना गरेको प्रयोगशाला निजी क्षेत्रका अस्पताल र क्लिनिक भन्दा निकै सस्तो छ । दक्ष विज्ञ जनशक्तिमार्फत् सर्वसुलभ रुपले छिटो सेवा दिन थालेपछि स्थापनाको द…