भीमकाय सत्ताहरूको आयु कतिञ्जेल ?
एउटा हात्ती र कमिलाबीच को ठूलो र कसले कसलाई ठीक पार्ने भन्ने विवाद र झमेला भएछ । त्यसको निकास केही थिएन । अनि आपसी सहमतिमा दौडने कुरा भएछ । त्यसअघि कमिलाले हात्तीलाई भनेछ, तिमी जति दौड म अगाडि नै हुनेछु । हात्ती छक्क पर्यो र भन्यो, यो कसरी सम्भव छ ? बिल्कुल छैन, तिमी मलाई जितेर अगाडि जानै सक्दैनौ, धेरै गफ नगर । कमिलाले थप्यो, भनिसकेँ त, तिमी जति नै छिटो दौड म तिमीभन्दा अगाडि नै हुन्छु । बरु कहिले सानो त कहिले ठूलो हुन्छु । जमिनमा नियालेर हेर्नु, मलाई देख्नेछौ…