जाडो बिदामा महानगरका शिक्षकलाई तालिम
काठमाडौं महानगरपालिकाले जाडो बिदामा सामुदायिक विद्यालयका शिक्षकहरुलाई क्षमता विकास तालिमको तयारी गरेको छ । महानगरको ‘टिचर कलेज कार्यक्रम’ अन्तर्गत सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई जाडो बिदाका समयमा तालिम दिन लागिएको जनाइएको छ ।
महानगरका सहरी योजना आयोग सदस्य इन्जिनियर शैलेन्द्र झाका अनुसार सामुदायिक विद्यालयको नतिजा सुधारका लागि शिक्षकको क्षमता विकासमा लगानी गर्नुपर्ने भएकाले तालिम सञ्चालन गर्न लागिएको हो । शैक्षिक क्रियाकलापमा असर नहुने…