चीनमा दुई जना नेपाली सम्मानित
चीनको यीयु शहरमा रहेका विश्वका विभिन्न मुलुकका व्यवसायीहरुमध्ये नेपालका दुई जना सम्मानित भएका छन् । व्यवसायी राजकुमार खड्का र गोविन्द भण्डारीसहित अन्य मुलुकका व्यवसायीहरु मध्ये कुल ८ जनाले अन्तराष्ट्रिय एक्सचेन्ज कन्ट्रिव्युसन अवार्ड तथा अर्का ८ जनाले स्वयंसेवक अवार्ड प्राप्त गरेका हुन् ।
आफ्नो पेशा र व्यवसायसँगै यीयुमा बस्दै आएका ४० हजारभन्दा बढी विदेशीबाट छानिएका उनीहरुलाई यीयु नगर सरकारले सम्मान गरेको हो । संस्कृति, व्यापार र सञ्चार आदानप्रदानमा मुख्य भूमिका निर्वाह गर्दै दु…