एमाले सांसदको कम्बोडियामा ससुराली देशका सभामुखसँग साउती
कम्बोडिया पुगेका एमाले सांसद तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले ‘एक पन्थ,दो काज’ भ्याएका छन् । एशियाली राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय सम्मेलनले कम्बोडियाको राजधानी न्होम्पेन्हमा आजदेखि आयोजना गरेको १२ औं साधारण सभाका क्रममा उनले फिलिपिनो संसदका सभामुखसँग भेट गरेका हुन् ।
ढकालले आफूलाई एमाले उल्लेख नगरी सामाजिक सञ्जालमा सांसद तथा पूर्वमन्त्रीको हैसियत जनाउँदै फिलोपिनो सभामुख मार्टिन जि रोमुअल्देजसँग भेट गरेको फोटो पोष्टाएका छन् । उनले केन्द्रवादी लो…