एमालेले रुख रोजेको ठाउँमा माओवादीलाई समाजवादीको साथ
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी फिर्ता लिएको छ ।
माओवादी केन्द्रका उम्मेदवार नरपुरा बुढालाई समर्थन गर्दै समाजवादीका तर्फबाट मनोनयन दर्ता गराएकी सुनिता बुढामगरले उम्मेदवारी फिर्ता लिएकी हुन् । दुई पार्टीले स्थानीयस्तरमा साझा अवधारणा बनाएर जाने समझदारी गर्दै माओवादी उम्मेदवारलाई जिताउने सहमति गरेका छन् ।
माओवादी केन्द्रका जिल्ला संयोजक कुमारी बराल र एकीकृत समाजवादीका भीउमान घर्तीले जारी गरेको संयुक्त …