उपनिर्वाचन शान्तिपूर्ण र मतदानका दिन राजमार्गमा अवरोध हुन नहुने आयोग निर्णय
निर्वाचन आयोगले आउँदो मंसिर १६ गतेको स्थानीय तह उपनिर्वाचनमा प्रभावकारी सुरक्षा व्यवस्थाका लागि सात बुँदे निर्णय गरेको छ । आयोगले उपचुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वासनीय र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयसँग पत्राचार गर्ने निर्णय गरेको बताइएको छ ।
निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि गृहबाट आयोगमा पेश हुन आएको सुरक्षा प्रबन्ध प्रभावकारी बनाउने भनिएको छ । त्यस्तै, उपचुनावका लागि सम्बन्धित जिल्लामा उपयुक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सा…