कीर्तिपुरमा रास्वपा अझै अलमल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवारी दिने-नदिने अलमलमा देखिएको छ । निर्वाचन आयोगले तोकेको उम्मेदवारी मनोनयनको समय केही घण्टा बाँकी रहँदा रास्वपा अनिर्णित बनेको हो ।
उम्मेदवारी दिने वा नदिनेबारे छलफल भइरहेको केन्द्रीय निर्वाचन परिचालन संयोजन समितिका संयोजक एवं सांसद गणेश पराजुलीले जानकारी दिए ।
‘हाम्रो छलफल जारी नै छ । उम्मेदवारी दर्ता समय बेलुकासम्म छ । त्यसअगावै हामी निष्कर्षमा पुग्छौँ', उनले भने, '…