‘हरिबहादुरको जुत्ता’ ले जुराएको संयोग
वरिष्ठ कलाकार हरिवंश आचार्य र भारतीय गायक तथा अभिनेता मुरलीधरले वर्षौंपछि काठमाडौँमा भेट गरेका छन् । हिजो भएको उक्त भेट कति वर्षपछिको थियो ? न हरिवंशले ठम्याउन सके, न मुरलीधरले । जे भए पनि, दुवै जना अंकमाल गर्दै एकछिन् नोस्टाल्जिक बने ।
यी दुई भेट हुनुको कारण भने निर्माण हुन लागेको नयाँ चलचित्र ‘हरिबहादुरको जुत्ता’ हो । चलचित्रको मुख्य भिलेनको रुपमा मुरलीधर अनुबन्धित भएका छन् । चलचित्रका निर्माता सरोज वलीले हिजै लिखित सम्झौता गराएका थिए ।
…