नोटको माला भिर्दा एमाले नेताहरुवीच बाझाबाझ
एमाले सांसद सूर्य थापा फरक राजनीतिक आस्था राख्नेहरुमाथि खरो टिप्पणी गर्ने गर्छन् । केपी ओली अघिल्लोचोटी प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहेका उनी 'छुद्र' टिप्पणी गरेकै कारण विवाद र चर्चामा रहिरहे । त्यतिबेला एमालेकै विपक्षी खेमामा रहेका उपाध्यक्ष भीम रावलसँग त उनको दैनिकजसो सञ्जालमा बाझाबाझ चलिरहन्थ्यो ।
फरक पार्टी र विचार स्वीकार्न नसक्ने स्वभावका थापा आफ्नै पार्टीका नेतामाथि पनि असहिष्णु देखिन थालेका छन् । आज फेसबुकमा आफूले पोष्ट गरेको एउटा फोटोमा कमेन्ट ल…