एमाले कार्यकर्तालाई बूढानिलकण्ठमा कूटनीति सिकाइँदै
नेकपा एमालेले पार्टीका नेता-कार्यकर्ताको निम्ति कूटनीतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम सन्चालन गरेको छ । पार्टीको परराष्ट्र मामिला विभागले कूटनीतिक क्षेत्रका विविध विषयमा कार्यकर्तालाई पोख्त बनाउन दुई दिन यस्तो तालिम चलाएको हो ।
बूढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा चलेको तालिममा नेपालको विदेश नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध,कूटनैतिक अभ्यास,विधि ब्यवस्था,कूटनैतिक व्यवहारलगायतका विषयमा जानकारहरुले प्रशिक्षण दिएका थिए । अस्ति अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरेपछि शुरु …