बेलायत बस्ने नेपालीबीच फेरि बाझाबाझ

बेलायत बस्ने नेपालीबीच फेरि बाझाबाझ

तमुधिं युकेका वर्तमान अध्यक्ष हरि गुरुङ र निवर्तमान अध्यक्ष हितकाजी गुरुङ आफ्नै संरक्षक डा. शेष घलेविरुद्ध खुलेर लागेका छन् । संरक्षक पद र त्यो ग्रहण गर्ने व्यक्तिको मान मर्यादासमेत चटक्क भुलेर अध्यक्ष हितकाजी गुरुङले एनआरएनए १० औं अधिवेशनमा आफ्ना संरक्षक शेष घलेविरुद्ध लाग्ने कुल आचार्यको पक्षपोषण गरेका हुन् । कुलले गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनमा अध्यक्ष पदकै लागि सहयात्री डा. शेष घलेलाई बीचमै छाडेर मोर्चाबन्दी गरेका थिए । अहिले तमुधिं युकेका वर्तमान र निवर्तमान अध्यक्षहरू संरक्षक घलेको विरुद्धमा उत्रिएका कुलकै समूहमा कुम जोड्दै हिँडेका छन् । 

गत अप्रिलमा निवर्तमान अध्यक्ष हितकाजी गुरुङ कुललाई स्वागत गर्न हिथ्रो मात्र पुगेनन्, मिडल्याण्डलगायत अन्य थुप्रै ठाउँमा हिँडे । यसबाहेक आफ्नो कार्यकालको अन्तिम दिन ल्होछारमा कुल र राजदूत ज्ञानचन्द्र आचार्यलाई क्रमशः विशेष र प्रमुख अतिथि बनाए । राजदूत आचार्यले गत ६ अगष्टमा आयोजित एनआरएनए युकेको ११ औं अधिवेशनमा विशेष अतिथि रहेका डा. घलेलाई घण्टौं कुराएर अन्तिममा शेरबहादुर देउवा पत्नीको आदेश भन्दै कार पार्कबाट फर्किएका थिए । 

हितकाजीले एनआरएनए युकेमा सदस्य मनोनित भएर पदचाहिँ खाने तर समर्थन कुल र उनको पक्षपोषण गर्ने विरोधी समूहलाई गर्न थाले । उनले द्वैध चरित्र खाएपछि प्रेम गाहामगरले उनलाई आउट गरेको बताइन्छ । तमुधिं युकेका नवनियुक्त अध्यक्ष हरि गुरुङ गत आइतबार अर्को समूहको कार्यक्रममा खादा ओढ्न पुगे । श्रोतका अनुसार गुरुङद्वयसँग संरक्षक शेष घले निकै आक्रोशित छन् । आफ्नो मानमर्दन हुने गरी उनीहरूले गरेका क्रियाकलाप रिपोर्टिङ भएपछि घलेले संरक्षक पद नै त्याग्नेसमेत सम्भावना रहेको भन्दै एक अभियन्ताले चिन्ता व्यक्त गरे । 

टिप्पणीहरू