‘अपराधी पक्रन गृहले विज्ञप्ति जारी गर्ने परिपाटी गलत’
प्रतिनिसभाको आजको बैठकमा अपराधी पक्रन गृह मन्त्रालयले विज्ञप्ति जारी गरेको भन्दै नेपाली काँग्रेसले सदनको ध्यानाकर्षण गराएको छ । बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले गृह मन्त्रालयले हिजो जारी गरेको प्रेस विज्ञप्तिबारे सदनको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति जारी गर्ने परिपाटी गलत छ । हरेक घटनाका अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति नै जारी गर्नुपर्ने स्थिति आउन दिनहुन्न, यो गलत प्रवृत्ति हो ।’
मन्त्रालयले अपर…