अर्जेन्टिनालाई फिफाको कारबाही
विश्वकप खेलिरहेको अर्जेन्टिनालाई फिफाले कारबाही गरेको छ। क्वार्टरफाइनलअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध अनुशासन उल्लंघन गरेको भन्दै फिफाले अर्जेन्टिनालाई जरिवाना तिराउन लागेको हो । विश्व फुटबलको नियामक निकाय फिफाले खेलमा ‘अर्डर एण्ड सेक्युरिटी’उल्लेख गरेको छ।
डच टिमले अन्तिम समयमा दुई गोल गर्दै खेल अतिरिक्त समयमा पुर्याएपछि अर्जेन्टिनाको प्रशिक्षण टिम र बेन्चमा भएका खेलाडी मैदानमा प्रवेश गरेर विवादमा उत्रिएका थिए । अतिरिक्त समयको अन्त्यसम्म २-२ गोलको बराबरीपछ…