रमितैरमितामा रम्ने राष्ट्रपति
ब्रिटिश उपनिवेशबाट स्वतन्त्रता हासिल गरेपछि जर्ज वासिङटन अमेरिकाको पहिलो राष्ट्रपति बने । उनीपछि क्रमशः जोन एडम्स, थोमस जेफर्सन, जेम्स माडिसन र जेम्स मुनरोले सो पद सम्हाले । सन् १८२४ मा छैटौं राष्ट्रपतिका लागि निर्वाचनको घोषणा भयो । जसमा जेम्स क्विन्से एडम्स, एन्ड्रयु ज्याक्सन, विलियम क्रफोर्ड र हेनरी क्ले खडा भए । त्यसबेला अमेरिकामा २४ राज्य थिए । एडम्सले १३ राज्यमा जित हात पारे र सन् १८२५ को मार्च ४ मा शपथ लिए । उनी अमेरिकाको प्रथम राष्ट्रपति हुन्, संविधान–पुस्तक छोएर शपथ लिने । नत्…