लुतो फाल्ने दिन कर्णालीमा सार्वजनिक बिदा

लुतो फाल्ने दिन कर्णालीमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले आगामी साउन १ गते सार्वजनिक बिदा दिने भएको छ । साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशभर बिदा दिन लागिएको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज सोबारे जानकारी गराएको छ । साउन १ गते प्रदेशका सम्पूर्ण सरकारी तथा सार्वजनिक संघसंस्थाहरु बन्द रहने प्रकाशित सूचनामा उल्लेख छ ।सूचनामा भनिएको छ, ‘साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट २०७८–१२–२९ मा निर्णय भएको हुँदा सम्बन्धित सबैमा जानकारी गराउछौं ।’

साउन १ गते मुलुकका अधिकांश भूभागमा लुतो फाल्ने दिनको रुपमा पनि प्रख्यात छ ।

टिप्पणीहरू