थापा छाड्नेहरु लिङ्देनबाट केन्द्रीय सदस्यमा पदोन्नत

थापा छाड्नेहरु लिङ्देनबाट केन्द्रीय सदस्यमा पदोन्नत

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको आज बसेको केन्द्रीय समिति बैठकले कमल थापा नेतृत्वको राप्रपा नेपाल छाडेर आएकासहित ४९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । उद्धव पौडेल र चन्द्रबहादुर गुरुङलाई केन्द्रीय सदस्य मनोनीत गरिएको हो ।

राजधानीमा आजबाट शुरु केन्द्रीय समिति बैठकमा मनोनीत केन्द्रीय सदस्यहरूलाई अध्यक्ष लिङ्देनले शपथ खुवाएका छन् । अन्य मनोनीतहरूमा तोरणबहादुर गुरुङ,दीपकबहादुर सिंह,शरद गौचन,रामचन्द्र राय,राजाराम श्रेष्ठ, अजय थापा,सम्झना चौधरीलगायत ४९ जना रहेको बताइन्छ ।

बैठकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे छलफल हुन लागेको छ । उता राजेन्द्रको साथ छाड्नेलाई पनि कमल थापाले केन्द्रीय नेतृत्वमा विभिन्न जिम्मेवारी दिने तयारी गरेका छन् ।

टिप्पणीहरू