बढ्ला विदेशी मुद्रा सञ्चिति ?
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका छन् । नीतिमा कर्जा विस्तारको विद्यमान अवस्थामा ‘ब्रेक’ लगाइएको छ ।
गभर्नर अधिकारीले कर्जा विस्तारको लक्ष्यलाई १२ प्रतिशतमा राखेका छन् । गत वर्ष उक्त प्रतिशतको लक्ष्य १९ थियो ।
त्यसैगरी बैंकहरुले राख्नुपर्ने अनिवार्य नगद मौज्दात (सीआरआर) को सीमालाई ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत पुर्याएको छ । बैंकले कर्जा बढ्न नदिन कर्जा विस्तारको लक्ष्यलाई कम गर्ने र सीआरआर बढाउने नीति लिएको हो ।
मौद्रिक नीतिमा शीर्षक नखुलेको धितो कर्जालाई पनि नियन्त्रण गरिएको छ । साना लगानीकर्तालाई भने सामान्य राहतको व्यवस्था गरिएको हो ।
सेयर बजारलाई उकास्न ४ र १२ करोडको नीतिमा आंशिक संशोधन गरेर १२ करोड रुपैयाँ कायम गरिएको छ ।
गभर्नरले विदेशी मुद्राको सञ्चिति बढाउने भनेका छन् । अहिलेको विदेशी मुद्रा सञ्चितिले सात महिनाको वस्तु तथा सेवा आयात धान्न सकिने उल्लेख छ ।
मौद्रिक नीतिको पूर्ण पाठ :
[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/07/Monetory_policy_2079-080.pdf”]
टिप्पणीहरू