फुली थपेका एसएसपीको बिहान एकातिरको पदस्थापन,बेलुका अन्तै काज सरुवा
नेपाल प्रहरीमा गत हप्ता बढुवा भएका ३२ जना एसएसपीलाई आज बिहान पदस्थापन गरियो । तीमध्ये एकाध घण्टापछि पाँच जनाको काज सरुवा गरिएको छ ।
बिहानको पदस्थापनमा कर्णाली प्रदेश प्रहरी कार्यालय पुर्याइएका ५ नम्बर वरियताका दानबहादुर कार्कीको साँझ प्रहरी महानिरीक्षकको सचिवालय,नक्सालमा काज सरुवा गरिएको हो ।
आजै काज सरुवा गरिएका अन्य एसएसपीमध्ये डम्बरबहादुर बिकलाई गण्डकी प्रदेश प्रहरी कार्यालय,अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखराबाट प्रधान कार्यालयको प्रशासन विभागमा ल्याइएको छ । गोविन्द थपलियालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा,दाङबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज लगिएको छ ।
अरुण पौडेललाई बागमती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौंडाबाट प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र रेवती ढकाललाई प्रदेश नम्बर १ प्रहरी कार्यालयको शान्ति सुरक्षा महाशाखा विराटनगरबाट प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा काज सरुवा गरिएको छ ।
यसअघि आजै बिहान पदस्थापन भएका ३२ जनाको विवरणको निम्ति संलग्न सूची हेर्नुहोला:
[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/07/document.pdf”]
टिप्पणीहरू