बालकोटमा मधेसका नेताहरु साढे ४ घण्टा

बालकोटमा मधेसका नेताहरु साढे ४ घण्टा

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हिजो पार्टीका मधेशी नेताहरुले भेटवार्ता गरेका छन् । अध्यक्ष ओलीको निजी निवास भक्तपुर बालकोटमा प्रभु साहसहित आठ जनाले भेट गरेका थिए ।

उहाँहरुबीच बिहान १० बजेदेखि दिउँसो अबेरसम्म भेट भएको हो । मधेसी नेताले आगामी निर्वाचन,गत स्थानीय तहको निर्वाचनमा भोगिएको पराजय लगायतका विषयमा छलफल गरेका थिए ।

सो अवसरमा अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुुमार नेपालको गृहजिल्लाको वस्तुस्थिति,नेपालले काठमाडौंबाट आफ्नो मतदाता नामावली गौर सार्नुभएको सन्दर्भलाई जोडेर राजनीतिक छलफल गर्नुभएको प्रभू साहले कार्यकर्तालाई बताए ।

टिप्पणीहरू