बाँकी चिनियाँ पनि सिंगापुर हुँदै घर फिर्ता

बाँकी चिनियाँ पनि सिंगापुर हुँदै घर फिर्ता

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखको नेतृत्वमा चार दिने नेपाल भ्रमणमा आएको छ सदस्यीय टोलीका सबै जना किस्ता किस्ता गरी स्वदेश फर्केका छन् ।

अघिल्लो महिना नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्यमध्ये दुई जना मात्रै भ्रमण सकिएको दिन सिङ्गापुर हुँदै स्वदेश फर्केका थिए । विदेश विभाग प्रमुख लिउ चियन्छाओको नेतृत्वमा आएको छ सदस्यीय टोलीका दुई जना प्रमुख लिउ र निजी सचिव वेन छान्दा मात्रै असार २९ गते राति सिंगापुर हुँदै बेइजिङ फर्केका हुन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार टोलीमा रहेका दोभाषे सरलासहित अन्य चार जना सदस्य भने थप नौ दिन काठमाडौंमै बसेका थिए । टोली सदस्यहरु फङ सिउपिन, चाङ चिउछिन्,छुई सियाङको टोली हिजो राति सिंगापुर हुँदै बेइजिङ प्रस्थान गरेको छ ।

टिप्पणीहरू