गाई पाइँदा गदगद भएर दीपावली

गाई पाइँदा गदगद भएर दीपावली

राप्रपा नेपालका अध्यक्ष कमल थापाको घर नजिकै हिजो साँझ दीपावली गरिएको छ । भलै थापा यतिखेर बेलायत भ्रमणमा छन् ।

हिजो साँझ विशालनगरस्थित राप्रपा नेपालको केन्द्रीय कार्यालयमा दीप प्रज्वलन गरिएको हो । सर्वोच्च अदालतले राप्रपा नेपाललाई गाई चिन्ह प्रदान गर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेपछि सोही खुशियालीमा दीप प्रज्वलन गरिएको बताइएको छ ।

राप्रपा नेपालले गाई चिन्ह माग गर्दै सर्वोच्चमा रिट निवेदन हालेको थियो । हिजो साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म झिलिमिली बत्ती बालिएको थियो ।

टिप्पणीहरू