इजरायलमा भेटियो ५ लाख वर्ष पुरानो विशाल हात्तीको दाह्रा

इजरायलमा भेटियो ५ लाख वर्ष पुरानो विशाल हात्तीको दाह्रा

इजरायलको दक्षिणी तटीय मैदानमा ५ लाख वर्ष पुरानो हात्तीको दाह्रा फेला परेको इजरायली पुरातात्विक प्राधिकरण (आईएए) ले बुधबार घोषणा गरेको छ।

२.५ मीटर लामो जीवाश्म, Palaeoloxodon Antiquus भनेर चिनिने सीधा दाह्रा भएको हात्तीको थियो भनेर इजरायल पुरातात्विक प्राधिकरण (आईएए), तेल अविव विश्वविद्यालय र बेन-गुरियन विश्वविद्यालयले पत्ता लगाएको र र अनुसन्धान गरिरहेको जनाइएको छ।यो विशाल प्रजाति लगभग ८ लाख वर्ष पहिले यस क्षेत्रमा देखा परेको र ४ लाख वर्ष पहिले विलुप्त भएको पनि बताइएको छ।

पुरातत्वविद्हरूले खोपडी र शरीरको बाँकी भागबाट अलग गरिएको दाँत शिकार गरेको हात्तीको अवशेष हो वा स्थानीय प्रागैतिहासिक बासिन्दाहरूले सङ्कलन गरेको हो र यसको सामाजिक वा आध्यात्मिक महत्त्व छ कि छैन भनेर अध्ययन गरिरहेका छन्।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू