अब विदेशबाट पठाएको रकम झिक्न लाइनमा बस्न नपर्ने
विदेशबाट पठाइएको रेमिट्यान्स ग्राहकले सिधै आइएमई पे वालेटमार्फत निकाल्न मिल्नेगरी आइएमई पे र सिटी एक्स्प्रेसबीच समझदारी भएको छ ।
आफ्ना ग्राहकले सरल र सहज तरिकाले विदेशमा रहेका परिवार तथा नातेदारहरुले पठाएको रकम सहज तरिकाले झिक्न मिल्नेगरी यस्तो सम्झौता गरिएको सिटी एक्सप्रेसले जनाएको छ । कम्पनीले यो सुविधा केही समयपश्चात् लाइभ हुने र आफ्ना ग्राहकले विदेशबाट पठाएको रेमिट्यान्स वालेटमै प्राप्त गर्न सक्ने जानकारी पनि गराएको छ ।
‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आइएमई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको छ ।
यस्तो अनुमति पाउने आइएमई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
टिप्पणीहरू