ग्रीसमा रेल जुध्यो, दुई दर्जन बढीको मृत्यु
ग्रीसमा गए राति भएको रेल दुर्घटनामा कम्तीमा २९ जनाको मृत्यु भएको छ । त्यहाँको लारिसा शहरको बाहिरी क्षेत्रमा दुई वटा रेल आपसमा जुधेको बताइएको छ ।
दुर्घटनामा झण्डै एक सय जना घाइते भएको त्यहाँको प्रहरीले जनाएको छ । दुर्घटनामा रेलका चार वटा डिब्बा उछिट्टिएको र तीमध्ये दुई वटा डिब्बा आगलागीपछि खरानी भएको छ ।
एथेन्सबाट थेसालोनिकीतर्फ जाँदै गरेको यात्रुवाहक रेल र थेसालोनिकीबाट लासिरातर्फ आउँदै गरेको मालवाहक रेल जुधेको हो । रेलमा झण्डै साढे तीन सय यात्रु थिए ।
टिप्पणीहरू