खैरो हिरोइनसहित पश्चिम स्टेनबाट दुई जना समातिए

खैरो हिरोइनसहित पश्चिम स्टेनबाट दुई जना समातिए

झापामा लागूऔषधसहित दुई जना समातिएका छन् । सप्तरीको राजविराज नगरपालिकाका ३५ वर्षीय महमद नसिम र सिराहको सखुवानकर्कटी नगरपालिकाका २० वर्षीय शिवशंकर यादवलाई प्रहरीले खैरो हिरोइनसहित हिजो पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडाभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पश्चिम स्टेनबाट १२ ग्राम खैरो हिरोइनसहित फेला पारी हिजो नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरीका अनुसार बिर्तामोड नगरपालिका- ४ पश्चिम स्टेनस्थित शंकास्पद अवस्थामा बसिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध फेला परेको हो ।

पक्राउ परेका दुबैलाई ईलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू