बाहुनको भान्सामा दलितले छोएको भन्दै खाना घोप्ट्याउने एमाले नेता पक्राउ

बाहुनको भान्सामा दलितले छोएको भन्दै खाना घोप्ट्याउने एमाले नेता पक्राउ

दलितले भान्सा छोएको भन्दै पाकेको खाना पोख्ने जनप्रतिनिधि पक्राउ परेका छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–५, रिभानका वडासदस्य रामजी लामिछानेलाई जातीय विभेदको अभियोगमा प्रहरीले पक्राउ गरेको बताइएको छ । उनीमाथि स्थानीय सन्तोष परियारका छोराको ब्रतबन्धमा दलितलाई सहभोज गर्नबाट रोकेको आरोप लागेको छ ।

गत फागुन २५ गते ब्रतबन्धको निम्तो मान्न पुगेका लामिछानेले पोखरा–२९, भण्डारढीकका नारायण दमाई परियारले भान्सा छोएको भन्दै गालीगलौज गर्दै पाकिरहेको खाना पोखिदिएका थिए ।

लामिछाने गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि सिराहामा पनि एमालेकै एक जना जनप्रतिनिधिले यस्तै प्रकृतिको जातीय विभेद गर्दा आलोचनामा परेका थिए ।

टिप्पणीहरू