पहिले गृह, अहिले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

पहिले गृह, अहिले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

 नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने अवैध धन्दामा नाम जोडिएका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । 

उनलाई आज दिउँसो काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । घटनाको अनुसन्धान गर्न भनि समातिएका पाण्डेलाई अहिले टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । 

आजै उनलाई पक्राउ गर्न अदालतबाट प्रहरीले पक्राउ पुर्जी लिएको थियो । गृह मन्त्रालयमा हुँदा नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेर अवैध धन्दा गरेको आरोप लागेका उनी गत वर्ष उपराष्ट्रपति कार्यालयमा सरुवा भएका थिए । 

यस प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पनि हिजो पक्राउ परेका थिए ।

टिप्पणीहरू