लडागाउँका किशोरमाथि किशोरी बलात्कारको आरोप
बैतडीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना किशोर पक्राउ परेका छन् ।
पञ्चेश्वर गाउँपालिका-४ लडागाउँका १८ वर्षीय किशोरमाथि बलात्कार अभियोगमा प्रहरीले समातेको हो । किशोरले गत असार २७ गते राति र भदौ २३ गते राति ती किशोरीलाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको अभियोग छ ।
पीडित पक्षको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
टिप्पणीहरू