रेशम चौधरी अस्पताल भर्ना, श्रीमतीको कारण प्रेसर बढेको भनाइ

रेशम चौधरी अस्पताल भर्ना, श्रीमतीको कारण प्रेसर बढेको भनाइ
सुन्नुहोस्

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी अस्पताल भर्ना भएका छन् । अस्वाभाविक ढंगले रक्तचाप बढेपछि उनी आज साँझ अस्पताल भर्ना भएको बताइएको छ । 

आफूले तीन महिनादेखि खाना नखाएको जानकारी दिँदै चौधरीले श्रीमाती एवम् पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको कारण आफू आत्महत्या गर्ने अवस्थामा पुगिसकेको बताएका छन् । भनेका छन्, ‘तीन महिनादेखि खाना खाएको छैन । कहिले दुई चम्चा खान्छु, कहिले के, कहिले के, आत्महत्या गर्ने अवस्थामा पुगिसकेँ ।  केही पनि मान्दै मान्दैनन् ।’ 

चौधरीले पार्टी निर्माण गर्दा भोगेको पीडाभन्दा अहिलेको पीडा बढी भएको पनि बताए । घरकै मान्छेले भनेको नमान्दा झन् पीडा भएको उनको भनाई छ । पीडा सुनाउँदै भने, ‘म जत्तिको पीडित को होला ? हे भगवान् पीडा भन्ने तैंले मेरो भाग्यमा मात्रै लेखिस् है । जिन्दगीभरि संघर्ष गरेँ । काठमाडौं आउँदा भृकुटीमण्डपमा भारी बोकेँ । पियनको जागिर खाएँ । रेडियो नेपाल टेलिभिजन हुँदै संघर्ष गर्दै आफ्नो गाउँ पुगेँ । गाउँबाट जेल पुगेँ । जेलमा साढे ८ वर्ष बसेँ । अब के गर्ने, पीडा छ । घरकै मान्छेले नमानेपछि झन् बढी पीडा हुँदोरहेछ ।’

याे पनि..

दम्पतीको पार्टीमा बिहान कुटाकुट, दिउँसो प्रेस मिट

श्रीमान–श्रीमतीको कलह, कार्यकर्ताबीच कुटाकुट

टिप्पणीहरू