श्रीमान–श्रीमतीको कलह, कार्यकर्ताबीच कुटाकुट

श्रीमान–श्रीमतीको कलह, कार्यकर्ताबीच कुटाकुट
सुन्नुहोस्

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठको राजनीतिक कलहले पार्टीनै फुटको संघारमा पुगेको छ । सोही क्रममा दम्पतीका कार्यकर्ताबीच आज कुटाकुट भएको छ । 

अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमै रेशम र रञ्जिता पक्षका कार्यकर्ताबीच आज बिहान कुटाकुट भएको बताइएको छ ।

दुई पक्षको हात हालाहालमा रञ्जिता पक्षका नेताहरु रमेश विक र रामलाल गौडेललाई चोट लागेको छ । कार्यालयमै कुटाकुट भएपछि अवस्था केहीबेर तनावपूर्ण भएको थियो ।

पछिल्लो समय वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने कि नहुने भन्ने विषयमा चौधरी दम्पतीझैँ कार्यकर्ताहरु विभाजित छन् । अध्यक्ष रञ्जिता अहिलेको गठबन्धनलाई साथ दिने पक्षमा र रेशम विपक्षमा अडिग देखिन्छन् ।

टिप्पणीहरू