एमाले विशाल जनप्रदर्शनकाे तयारीमा

एमाले विशाल जनप्रदर्शनकाे तयारीमा

चुनावको पूर्वसन्ध्यामा नेकपा एमालेले विशाल जनप्रदर्शनको घोषणा गरेको छ । एमाले बागमती प्रदेश कमिटीले ‘निर्वाचनकेन्द्रीत विशेष जनप्रदर्शन’ गर्न लागेको हो । 

आउँदो माघ ४ गते गर्ने भनिएको जनप्रदर्शनमा २० हजार बढीको सहभागिता रहने एमाले सचिव महेश बस्नेतले बताएका छन् । 

सो दिन भृकुटीमण्डपमा एकीकृत भई विशाल जुलुससहित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी पुगेर सभामा परिणत हुने उनको भनाइ छ । 

उनका अनुसार कार्यक्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रुपमा उपस्थित हुनेछन् । 

‘२० औं हजारको विशाल जनप्रदर्शनमा सहभागी भई ऐक्यबद्धता प्रकट गरौं,’ उनले सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन् ।

टिप्पणीहरू