आयुर्वेदका नाममा भ्रामक विज्ञापन

आयुर्वेदका नाममा भ्रामक विज्ञापन

आयुर्वेदका नाममा भ्रामक विज्ञापन गर्नेलाई कारबाहीको चेतावनी दिइएको छ । आयुर्वेद चिकित्सा परिषद्ले आज सूचना निकाल्दै यस्तो चेतावनी दिएको हो । 

परिषद्ले आयुर्वेद औषधी र उपचारको नाममा सामाजिक सञ्जालहरुमा भ्रामक विज्ञापन गरिएकोप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै भनेको छ, ‘परिषद्मा दर्ता भएका वा नभएका कुनै पनि व्यक्ति वा संस्थाले आयुर्वेद औषधि, उपचार सेवा वा सामग्रीको नाममा त्यस्ता भ्रामक वा अतिरञ्जित विज्ञापन पा प्रचारप्रसार नगर्नू नगराउनू ।’

यस्तो कार्य गरेको पाइएमा प्रचलित ऐन, नियम र कानूनबमोजिम कारबाही गर्ने परिषद्को चेतावनी छ ।
 

टिप्पणीहरू