प्रधानमन्त्रीका पति र देउवाकी पत्नी दिल्लीबाट फिर्ता

प्रधानमन्त्रीका पति र देउवाकी पत्नी दिल्लीबाट फिर्ता

प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गा सुवेदी नयाँ दिल्लीबाट काठमाडौं फर्केका छन् । उनी नेपाल एअरलाइन्सको उडान नम्बर आरए २१८ मा साँझ ७ बजे फर्किएका हुन् । 

सोही उडानमा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती तथा पूर्व परराष्ट्रमन्त्री डा.आरजू राणा देउवा पनि थिइन् । सुवेदी र राणा दुबै उपचारको निम्ती भन्दै गत हप्ता गएका थिए । 

अघिल्लो साता सुवेदी काठमाडौंबाट नयाँ दिल्ली जाँदा नेपाली काँग्रेसको विशेष महाधिवेशनमा सहभागी पूर्व सांसद तथा व्यापारी विनोद चौधरी पनि सँगै थिए ।

टिप्पणीहरू