यस्तो छ भोलि बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची

यस्तो छ भोलि बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची

प्रतिनिधि सभाको बैठक भोलि बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेदेखि बैठक बस्न लागेको हो । बैठकमा नीति तथा कार्यक्रममाथि छलफल र छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने सम्भावित कार्यसूची छ ।

कार्यसूचीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यसपछि नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिनेछ । 

सभामुख देवराज घिमिरेले प्राप्त संशोधनहरु र सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ । त्यस्तै, उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पढेर सुनाउनुहुने र प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरु मनोनयन गर्नुहुने संसद सचिवालयले जनाएको छ । 

बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक समितिको प्रतिवेदन, २०८०’ पेश गर्नेलगायतका कार्यसूची तय भएको छ ।

टिप्पणीहरू