बिचौलिया दिपक भट्टको डरलाग्दो योजना, मारवाडीहरुको ‘ब्याकअप’

बिचौलिया दिपक भट्टको डरलाग्दो योजना, मारवाडीहरुको ‘ब्याकअप’

नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्षमा भैरहवाका सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने तयारी अघि बढेको छ । बिचौलिया दिपक भट्टका खास मान्छे सन्तोषलाई जसरी पनि नियुक्त गर्नैपर्ने बालकोटको अडानपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ चर्को दबाबमा परेको बताइन्छ ।

अस्ति बोलाइएको सर्ट लिष्टेड पाँच जना उम्मेदवारको अन्तर्वार्तामा माओवादी निकट तीन जना मोबाइल अफसँगै सम्पर्कविहीन भएपछि भोलि बिहान ९ बजेलाई कार्ययोजना प्रस्तुती र अन्तर्वार्ताको समय तोकिएको छ । आयोग उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा रहेको छनौट समितिका सदस्यमा अर्थसचिव र एक जना विज्ञ सदस्यको रुपमा उदय निरौला छन् । उनको विज्ञताको बारेमा विवाद उत्पन्न भएको छ ।

सोही समितिले भोलि बिहान ९ बजे हुने अन्तर्वार्तामा अनिवार्य उपस्थितिका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का पूर्व प्रमुख कृष्णबहादुर कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र सेबोनका कार्यकारी निर्देशक नवराज अधिकारीलाई सूचित गरेको छ । अस्ति तय भएको समयमा उनीहरुले अन्तर्वार्ता र प्रस्तुती बहिष्कार गरेका हुन् ।

सन्तोषनारायण र मुक्ति श्रेष्ठले भने उपस्थित भएर आफ्नो प्रस्तुति दिएका थिए । स्रोतका अनुसार मुक्ति पनि दिपक भट्ट एण्ड कम्पनीका सहयोगी हुन् । सन्तोषलाई भट्ट समूहले यसअघि नेपाल विद्युत प्राधिकरणको बोर्ड सदस्य बनाएको थियो । 

अब सेबोनको कार्यकारी अध्यक्ष बनाएर हिमालयन स्टक एक्सचेञ्जको स्वीकृति लिने योजनामा पहिलो नम्बरमा सन्तोष र दोस्रो नम्बरमा मुक्तिलाई अघि सारेपछि माओवादी निकट भनिएका कार्की,चापागाईं र अधिकारी ‘योजनाबद्ध’ रुपमा आइतबारको अन्तर्वार्तामा अनुपस्थित भएका थिए ।

बालकोटकै सहयोगमा उक्त समूहले हिमालयन रिइन्स्योरेन्स हात पारेको थियो । अब हिमालयन स्टक एक्सचेञ्जका लागि हुँदै आएको रस्साकस्सीको अन्तिम छिनोफानो भोलि बिहान हुने बताइएको छ ।

नयाँ स्टक एक्सचेञ्ज लिने आफूहरुको योजनामा एमाले अध्यक्ष सहमत भएपछि इन्फिनिटी होल्डिङका अध्यक्ष दिपक भट्टको समूहले बालुवाटार,अर्थ मन्त्रालय र योजना आयोगमा दबाब बढाएको स्वतः अनुमान लगाउन सकिन्छ । यसअघि पनि बालकोटकै सहयोगमा उक्त समूहले हिमालयन रिइन्स्योरेन्स हात पारेको थियो । अब हिमालयन स्टक एक्सचेञ्जका लागि हुँदै आएको रस्साकस्सीको अन्तिम छिनोफानो भोलि बिहान हुने बताइएको छ ।

हिमालयन स्टक एक्सचेञ्जको प्रमुख लगानीकर्ता तथा खेलाडीहरुमा भट्ट, शेखर गोल्छा,शंकर अग्रवाल,पशुपति मुरारका,राजेन्द्र खेतान,आशिष श्रेष्ठ छन् । श्रेष्ठ मित्सुबिसी मोटर्सका नेपाल बिक्रेता हुन् । त्यसैगरी सौरभ ज्योति, जुनी गुरुङ,विवेक दुगड,अमित मोरलगायत पनि भट्टको सहयोगी बनेका छन् । अदालत पुगेको उक्त लफडापछि भट्टहरु सेबोन अध्यक्षमा आफ्नो पकेटका मान्छेबाट काम फत्ते गर्न अघि सरेको अनुमान छ ।

यता सेबोन अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्ने बाध्यकारी कानुनी व्यवस्थापछि अस्ति अन्तर्वार्ता दिएका दुई जना र भोलिका तीन जनामध्येबाट अधिकारीको नाम अर्थ मन्त्रालयमा पठाइने निश्चित झैँ छ । सम्भवतः पर्सिको क्याबिनेट बैठकले तीन जनामध्ये सन्तोषनारायणको नाम चयन गर्ने छ । अध्यक्षको निम्ति १९ जनाले आवेदन गरेका थिए भने त्यसबाट पाँच जना अन्तिम तीनका लागि छानिएका हुन् । 

भट्टको अनुरोध,बालकोटको दबाबमा प्रधानमन्त्री र अर्थमन्त्रीको चाहना नमिलेपछि माओवादी समर्थक उम्मेदवारले अस्तिको प्रस्तुती बहिष्कार गरेको अर्थ मन्त्रालय स्रोतको दाबी छ । स्रोत भन्छ, ‘यसअघि हिमालयन रिइन्सुरेन्स कम्पनीको लाइसेन्स दिन पूर्व सचिव सूर्य सिलवाललाई बीमा प्राधिकरणको अध्यक्ष बनाइएको थियो । त्यो काम पनि भट्टको योजनामा सम्पन्न भएकाले अहिले बिगतकै रोडम्यापमा प्रक्रिया अघि बढेको हो ।’

निकै सानो नेपालको अर्थतन्त्रमा सञ्चालित एक मात्र सरकारी स्टक एक्सचेञ्जको भाग खोस्न भट्टहरुले निजी क्षेत्रको अर्को स्थापना गर्न लागेका हुन् । जबकी हाम्रोभन्दा ९५ गुणा गुणा ठूलो जिडिपी र विश्वको पाँचौ ठूलो अर्थतन्त्र भारतमा केन्द्रीय तहमा दुई वटा र क्षेत्रीय २१ वटा स्टक एक्सचेञ्ज छन् ।

उता विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनमा पनि तीन वटा मात्रै छन् । सांघाई, बेइजिङ र सेन्जेनमा रहेका स्टक एक्सचेञ्जले त्यति ठूलो अर्थतन्त्रलाई सघाएको छ । तर, विश्व अर्थतन्त्रको १०० औं नम्बरको हाराहारीमा रहेको र पर्याप्त औद्योगिकीकरण नभइसकेको अवस्थामा दोस्रो स्टक एक्सचेञ्जको औचित्य पुष्टि कसरी गर्न सकिएला ?

टिप्पणीहरू