बिहान फेल, बेलुकी आत्महत्या

बिहान फेल, बेलुकी आत्महत्या

दोलखामा एक छात्राले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनुतिर्ण भएपछि आत्महत्या गरेकी छन् । गौरीशंकर गाउँपालिका–२, जुँगुकी १७ वर्षीया जेनिसा बुढाथोकीले आत्महत्या गरेको बताइएको छ ।

स्थानीय नील कण्ठेश्वर माध्यमिक विद्यालयबाट एसईई दिएकी उनले परीक्षामा अनुतीर्ण भएपछि हिजो साँझ आफ्नै घरको माथिल्लो तल्लामा सलको पासो लगाएको अवस्थामा पाइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट ल्याइएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

राष्ट्रिय परीक्षा बोर्डले हिजो एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको थियो । चार लाख ६४ हजार ७८५ जना सहभागीमध्ये दुई लाख २२ हजार ४७२ विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । दुई लाख ४२ हजार ३१३ जना विद्यार्थीको ननग्रेड (एनजी) आएको छ ।

टिप्पणीहरू