डिआईजीहरुसँग मागियो स्पष्टीकरण

डिआईजीहरुसँग मागियो स्पष्टीकरण

कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै कतै नभएको आगलागी सशस्त्र प्रहरीको बलम्बु भण्डारमा भएको छ । बिजुलीको लाइन विस्तार नै नभएको भण्डारमा बिजुली सर्ट भएर आगलागी भएको प्रतिवेदन आएपछि यस्तो टुक्काको जन्म भएको हो ।

सो गोदाममा राखिएका सामग्रीहरूलाई आगोबाट जोगाउने परम्परागत चलनलाई पछ्याउँदै बिजुली, एसी, पंखालगायत विद्युतीय उपकरण जडान नभएको दाबी स्रोतको छ । आगलागीले सशस्त्र प्रहरीको करिब ७ करोड र ठेकेदारले गोदाममा थन्काएको तर बुझबुझारथ हुन बाँकी १६ करोड रूपैयाको सामग्री जलेर नष्ट भएको थियो । 

यसबापत एसपी राजेन्द्र श्रेष्ठलाई बढुवा रोक्का गरिएको छ भने उपत्यकाका तत्कालिन डिआइजी पुरुषोत्तम थापालाई कारवाहीको लागि गृहमन्त्रीलाई सिफारिस गरिएको छ ।

यी दुवै अधिकृतविरुद्ध केन्द्रीय भण्डारको सुरक्षार्थ सिसिटिभी जडान नगरेको, २४ घण्टा पहरेदार नराखेको जस्ता गम्भीर त्रुटि गरेको उल्लेख छ । अर्का डिआईजी अञ्जनी पोखरेललाई पनि नेताहरु भेटेको भन्दै स्पष्टिकरण सोधिएको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू