सरकार केही हुँदैन, सबै बेकारका हल्ला : प्रधानमन्त्री

सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता परिवर्तन हुने चर्चा बेकारको हल्ला भएको बताउनुभएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकमा उहाँले सरकार तलमाथि नहुने भन्दै स्पष्ट पार्नुभएको छ ।

‘यो सरकार के होला ? कसो होला ? भन्ने कुरा आएको छ, तर यसमा तलमाथि हुँदैन’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै सरकारका प्रवक्ता रेर्खा शर्माले भन्नुभयो, ‘केहीलाई यो गठबन्धन लामो नजाओस्, नचलोस् भन्ने भएको छ, तर हामी यो सरकारलाई लामै समय टिकाएर लानेमा दृढ छौँ ।’

बैठकमा प्रधानमन्त्री प्रचण्डले शीर्ष नेताहरुसँगको लगातार भेटको अन्तर्य बजारमा आएजस्तो नभएको बताउनुभएको थियो । ‘मेरो निरन्तर रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद भइरहेको छ, हामी सबै कुरामा संवादमै छौँ, बाहिरका हल्ला मात्रै हुन् बेकार हुन्’ प्रधानमन्त्रीको भनाईबारे प्रवक्ता शर्माले थप्नुभयो । 

सूचना तथा सञ्चारमन्त्री समेत रहनुभएकी शर्माले बैठकमा खासगरी सरकारको मुख्यसचिव नियुक्तिको विषयमा छलफल भएको पनि जानकारी जानकारी दिनुभयो ।

टिप्पणीहरू