मधेसीहरुको समर्थन ओलीलाई

मधेसीहरुको समर्थन ओलीलाई

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कांग्रेस-एमालेको नयाँ गठबन्धनमा सामेल हुने भएको छ । 

आज दिउँसो बबरमहलस्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो । संविधान संशोधनसहितको मुद्दा अघि सारेकाले यो गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । 

हिजाे बुढानिलकण्ठमा कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलबारे पनि उनले पार्टी नेताहरुलाई ब्रिफिङ गरेका थिए । 

उता जनमत पार्टीले पनि नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टीका प्रवक्ता शरदसिंह यादवले मधेस प्रदेशमा सहयोग पाउने अपेक्षा राख्दै समर्थन गर्ने निर्णय गरेको जानकारी दिए ।

टिप्पणीहरू