प्रचण्डसङ्ग ओली रिसाएको देउवाको रिपोर्टिङ

प्रचण्डसङ्ग ओली रिसाएको देउवाको रिपोर्टिङ
सुन्नुहोस्

ग्रेसको आज बसेको केन्द्रीय पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा पनि सत्ता समीकरणमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल भएको छ । 

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा डाकिएको बैठकमा औपचारिक रुपमा महासमितिले पारित गरेका दस्तावेजलाई केन्द्रीय समितिको बैठकमा पेश गर्ने र कार्यकाल सकिएका भ्रातृ संगठनको म्याद थपबारे छलफल भएको एक जना सदस्यले बताए । 

उनले भने, ‘सभापतिजीले चिया खाँदै बैठक पनि बसौं भनेर डाक्नुभएको हो । वर्तमान सत्ता समीकरणबारे एमाले अध्यक्ष सन्तुष्ट नभएको संकेत देउवाले दिनुभयो । समीकरण तत्काल फेरबदल हुनेबारे केही भन्नुभएन ।’

वर्तमान सत्ता समीकरणबारे एमाले अध्यक्ष सन्तुष्ट नभएको संकेत देउवाले दिनुभयो । समीकरण तत्काल फेरबदल हुनेबारे केही भन्नुभएन ।

सञ्चारमाध्यममा आएका पछिल्ला कुराबारे पदाधिकारीहरुले सभापतिसँग जिज्ञासा राखेका थिए । तर, उहाँ सञ्चार माध्यममा आएजस्तो घटनाक्रम विकसित नभएको जवाफ दिएर तर्कनुभएको थियो ।

आजको बैठक केही दिनअघि नै बोलाइएको थियो । तर,अस्ति सभापति देउवा काँग्रेस नेतृ तथा श्रीमती डा. आरजूसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेपछि विकसित राजनीतिक घटनाक्रम एकाएक सतहमा आएको छ ।

त्यसपछि हिजो राति उहाँहरुबीच बूढानीलकण्ठ नजिकै एक जना व्यापारीको घरमा भेटघाट र लामै कुराकानी भएको बताइन्छ । एमाले अध्यक्षले भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हिजो दिउँसो सिंहदरबारमा र आज बिहान बालुवाटारमा भेट गर्नुभएको थियो । 

बूढानीलकण्ठको तर्फबाट बालकोटसँगको भेटघाट सहजीकरणका लागि नेता ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखकलाई खटाइएको छ ।

टिप्पणीहरू