केही समयका लागि आनन्द भयो : माओवादी नेताहरुलाई प्रधानमन्त्रीको बृफिङ्ग

केही समयका लागि आनन्द भयो : माओवादी नेताहरुलाई प्रधानमन्त्रीको बृफिङ्ग

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता समीकरणमा उत्पन्न समस्या केही समयको लागि मत्थर भएको बताउनुभएको छ । आज साँझ बालुवाटार पुगेका केही नेतासँग उहाँले विकसित राजनीतिक घटनाक्रमबारे बिट मार्दै ‘अब केही हुँदैन,ढुक्क हुनुहोस्’ भन्नुभएको छ  ।

प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोत भन्छ, ‘केही समय अब लफडा हुँदैन तर पछि फेरि नहोला भन्न सकिँदैन । भत्काउने प्रयास जारी रहेकाले एकाध महिनापछि सत्ता समीकरण भत्काउन प्रमुख विपक्षी दल लागिपर्न सक्छ ।’

यता बालुवाटारले पनि विकसित घटनाक्रमबारे जाँच गर्ने क्रममा केही काँग्रेसी नेताले बालकोटसँगको सम्पर्क र कुराकानी फाइनल नभइसकेको संकेत प्रधानमन्त्री निकट स्रोतलाई दिएको थियो । हिजो र आज बाहिर आएका सबै कुरा आजै दिउँसोबाट अर्थहीन भइसकेको प्रधानमन्त्रीको ब्रिफिङ माओवादी नेतृत्व पंक्तिमा अनौपचारिक रुपमा भइसकेको छ ।

‘भ्रष्टाचारका मुद्दाहरु अघि बढ्न थालेपछि बूढानीलकण्ठ र बालकोटमा तरंग आएको हो । विशेषगरी शुक्रबार नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका प्रतिक थापा र बेचन झा गिरफ्तार भएपछि घटनाक्रमले नयाँ रुप लियो ।’

यसबारे जनआस्थाको जिज्ञासामा एक जना माओवादी नेताले भने, ‘भ्रष्टाचारका मुद्दाहरु अघि बढ्न थालेपछि बूढानीलकण्ठ र बालकोटमा तरंग आएको हो । विशेषगरी शुक्रबार नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका प्रतिक थापा र बेचन झा गिरफ्तार भएपछि घटनाक्रमले नयाँ रुप लियो ।’

यता बूढानीलकण्ठले प्रधानमन्त्रीको प्रस्ताव बालकोटलाई दिएकोबारे बालुवाटारले अस्ति बेलुकी नै थाहा पाएको दाबी छ । स्रोत भन्छ, ‘उक्त प्रस्तावपछि ओली अलिकति  लचिलो भएकै हुन् । सरकारको कामबारे गुनासो गरेकै हुन् ।’

आज बिहानदेखि ओलीसँग प्रधानमन्त्रीको ४ घण्टा कुराकानी भएपछि ती सबै हल्ला ‘रुल आउट’ भएको माओवादीको दाबी छ । ओलीसँग पछि प्रधानमन्त्रीको टेलिफोनमा खुलस्त कुरा भएको र जवाफमा एमाले अध्यक्षले टिम वर्कको  प्रस्ताव गर्नुभएको छ ।

यता माओवादीले भने एमालेकै केही मन्त्रीको परफरमेन्स झुर भएको संकेत गरेको छ । आगामी केही दिनमा एकाध मन्त्री परिवर्तन गराएर अहिलेको हल्लालाई सेफ ल्याण्डिङ गराउने बालुवाटारको विश्वास छ । आज बिहान ४ घण्टासम्म भएको भेटमा एमाले अध्यक्षले सरकारको काम कारबाही र डेलिभरीमाथि जोड दिनुभएको थियो ।

टिप्पणीहरू