चुनाव प्रचारकै दौरान अमेरिकी पूर्वराष्ट्रपतिमाथि गोली प्रहार

चुनाव प्रचारकै दौरान अमेरिकी पूर्वराष्ट्रपतिमाथि गोली प्रहार
सुन्नुहोस्

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि गोलीप्रहार भएको छ ।

पेन्सिल्भेनिया राज्यको बट्लरमा आयोजित एक चुनावी र्यालीलाई सम्बोधन गरिरहेको बेला उनीमाथि गोली हानिएको हो । 

गोली कानमा लागेको देखिएको छ र अनुहारमा रगत लतपत भएको दृश्य अमेरिकी टेलिभिजन च्यानलहरूले प्रसारण गरिरहेका छन् ।

सिक्रेट सर्भिसका अनुसार उनी सामान्य घाइते भएका छन् र उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । ट्रम्पका प्रवक्ताले उनी सकुशल रहेको बताएका छन् ।

टिप्पणीहरू